शुक्रबार, चैत ८, २०८१

मेलौलीमा माओवादी केन्द्रका भूकम्प विजयी

मेरोन्यूज २०७९ जेठ २ गते १६:२६

बैतडी । जिल्लाको मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भूकम्प) विजयी भएका छन् । उनी तीन हजार ९६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३७६ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले दुई हजार ९२७ मत ल्याएर विजयी हुँदा एमालेका हेमन्ती नायकले दुई हजार ४०८ मत ल्याएका छन् ।

प्रतिक्रिया