मंगलबार, चैत ५, २०८१

कांग्रेसलाई पराजित गर्दै भगवतीमाईमा माओवादी विजयी

मेरोन्यूज २०७९ जेठ २ गते १८:०३

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापाले जित हात पारेका छन् । उनी दुई हजार ८४६ मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर उम्मेदवारले दुई हजार २०३ मत ल्याएका छन् । यस्तै, एमालेका उम्मेदवारले एक हजार ९३४ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीना खड्का दुई हजार ६८३ मत ल्याएर निर्वाचित भएकी छन् ।

गत स्थानीय निर्वाचनमा यस पालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।

प्रतिक्रिया