शुक्रबार, चैत ८, २०८१

टीकापुरमा नागरिक उन्मुक्तिका उम्मेदवारको अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ २ गते १८:१८

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । नागरिक उन्मुक्तिका उम्मेदवार रामलाल डगौरा थारूले चार हजार २१६ मत ल्याएका छन् ।

थारूको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार नवराज रावल रहेका छन् । उनले दुई हजार ३६५ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा नागरिक उन्मुक्तिकै उल्कादेवी विश्वकर्माले अग्रता लिएकी छन् । उनले तीन हजार २२९ मत ल्याउँदा नेकपा माओवादीका खडकबहादुर शाहले तीन हजार ३५ मत पाएका छन् ।

प्रतिक्रिया