एमालेलाई हराउँदै देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ
मेरोन्यूज
२०७९ जेठ २ गते १८:४७

तनहुँ । जिल्लाको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८२० मतान्तरले विजयी भएका हुन् ।
थापाले चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापाले तीन हजार ४८३ मत पाए । दुर्गबहादुर अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए ।
उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । कांग्रेससँग गठबन्धन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ विजयी भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया