कांग्रेसको र्यालीमा गएको ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु २९ घाइते

डोटी । ट्र्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । घटनामा अन्य २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना भएको हो । घटनामा पूर्वीचौकी गाउँपालिका ४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो ।
पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेता कार्यकर्ताले निकालेको र्यालीमा सहभागी भएको ट्र्याक्टर दुर्घटना भएको हो । र्यालीमा सहभागी भएका कम्तीमा २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये १४ वर्षीया मनिषा जोशी र १० वर्षीय अनिल खड्कालाई थप उपचार गर्न रिफर गरिने भएको छ ।
प्रतिक्रिया