आइतबार, चैत १०, २०८१

एमालेलाई हराउँदै उदयपुरगढीको अध्यक्षमा नेकपा एस विजयी

मेरोन्यूज २०७९ जेठ २ गते २१:४९

उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एसका उम्मेदवार मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका उम्मदेवार मगरले चार हजार ९४२ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीले चार हजार ११४ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका जीतबहादुर खड्का चार हजार ६४८ मतसहित विजेता हुँदा प्रतिस्पर्धी एमालेकी शोभाकुमारी मगरले तीन हजार ८६३ मत पाएकी छन्।

प्रतिक्रिया