कांग्रेसलाई पराजित गर्दै पालिका अध्यक्षमा माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २३:०५
तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसलाई पराजित गर्दै नेकपा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।
पालिकाको अध्यक्षमा शुक्र चुमानले तीन हजार ९४० मत ल्याउँदै जितेका छन् भने कांग्रेसका गिरबहादुर थापा दुई हजार २३० मतमा पराजित भएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा अर्यालले दुई हजार ८४८ मत पाएकी छन् । यस्तै, कांग्रेसकी उम्मेदवार पवित्रा गौलीले दुई हजार १८३ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया