जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित
मेरोन्यूज
२०७९ जेठ ३ गते १४:२१

जाजरकोट । जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित शाहीले तीन हजार चार सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले तीन हजार तीन सय २७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवा आचार्यले तीन हजार ८८ मत र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बाकुमारी शाहले दुई हजार सात सय ४६ मत प्राप्त गरेका छन् ।
शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बाकुमारी शाह ०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिइन् ।
जुनीचाँदेका ११ वडामध्ये एमालेले तीन, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ ।
सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया