आइतबार, चैत १०, २०८१

दाङको राप्ती गाउँपालिका अध्यक्षमा माओवादी विजयी

मेरोन्यूज २०७९ जेठ ३ गते १४:३४

भालुवाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट विजयी भएका छन् । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराए ।

पोखरेलले ५ हजार ७०० मत पाउँदा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत मात्र पाइन् ।

उक्त पालिकाको चुनावमा माओवादी र जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।


माओवादीले अध्यक्ष र जनमोर्चाले उपाध्यक्ष लिएर चुनावी तालमेल गरेका थिए । तर चुनावमा जनमोर्चाका तर्फबाट उपाध्यक्ष लडेका उम्मेदवार भने पराजित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी कमलापती चौधरी विजयी भएकी छिन् ।

उनले ६ हजार ६७४ मत पाएका थिए । नेपाली कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४९६ मत र जनमोर्चाका केशवराज खनालले ४ हजार ४६४ मत पाएका थिए ।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया