प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकाजी निर्वाचित

चितवन । माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडीको माडी नगरपालिका एमालेले जितेको छ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् ।
यो नगरपालिकामा एमाले र राप्रपा तथा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनका अलग अलग गठबन्धन थिए । सत्ता गठबनधनलाई हराँउदै विपक्षी गठबन्धनले माडी नगरपालिका जितेको हो । एमालेकी ताराकुमारीले नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गरेकी हुन् ।
मेयरमा निर्वाचित महतोले नौ हजार नौ सय एक मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार सात सय २९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले ६ हजार आठ सय ३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार एक सय ४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए ।
एक कार्यकाल उपमेयर भएर काम गरेकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृ हुन् । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गरेकी महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गरेकी थिइन् ।
लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नम्बर ६ मा जित हात पारेको हो । वडा नम्बर ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भएका छन् । माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकीकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया