मंगलबार, वैशाख ८, २०८३

महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

मेरोन्यूज २०८२ फागुन २८ गते १९:२४

काठमाडाैं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महाविर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्। प्रहरी टोलीले पोखराको वडा नम्बर ९ महेन्द्रपुल क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया