सोमबार, माघ १९, २०८२

भूमिकास्थानको मेयरमा एमालेलाई हराउँदै जनमोर्चा विजयी

मेरोन्यूज २०७९ जेठ ३ गते २०:४२

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् ।

मत गणनाको परिणामअनुसार नेकपा एमालेका रेशम थापालाई सात सय मतले पराजित गर्दै थापा मेयरमा निर्वाचित भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८ हजार ३२४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार थापाले ७ हजार ५२४ मत पाएका थिए ।

उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।

प्रतिक्रिया