दिपायलमा २५ वर्षपछि एमाले पराजित, कांग्रेसका उम्मेदवार विजयी
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर निर्वाचित भएका छन् । २५ वर्षपछि कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो ।
नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गरे । नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका खगेन्द्रबहादुर साउद (केबी)ले एक हजार ९८३ मत प्राप्त गरे ।
राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बनेका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरे ।
यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी महरले चार हजार ७६८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरिन् ।















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया