महानगरको शालीन विद्रोह र बालेनको ‘बबाल’ बहस !

काठमाडौं । एउटा सामान्य गायक, धेरै चर्चा परिचर्चा थिएन । राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनको विषयमा खासै नाम सुनेका थिएनन । अर्थात वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म बालेन्द्र (बालेन) साह एकजना सामान्य उम्मेदवार मात्र थिए, नागरिक मात्रै थिए । उनी कुनै दल विषेशको फन्दामा परेका थिएनन ।
जान पनि रुचाएनन । कुनै राजनीतिक दलको सदस्यविना उम्मेदवार बनेकाले उनले चुनाव जित्लान् भनेर शहर र शहरबाहिरका मतदाताले पत्याउने कुरै भएन । अहिलेसम्म करिब ४५ हजार मत गनिसक्दा पनि उनले चुनाव जित्छन भन्ने एकिन त गर्न सकिन्न तर यसोचाहि भन्ने सकिन्छ उनले ल्याएको मतले राजनीतिक दललाई एउटा ठूलो चुनौति खडा गरेको छ, अर्थात बर्षौदेखि राजनीतिक दलको कार्यकर्ता र नेता भएर जनताको सेवामा लाग्छु भन्नेहरुको बीचमा एउटा बालेनको मत ‘प्याटन’ बबाल बहस सिर्जना गरेको छ ।
निर्वाचनमा मतदान केही दिन अघि सञ्चारमाध्यममा उनको बहस शुरु भयो । विभिन्न कोणबाट शुरु गरिएको बहसले सकारात्मक र नकारात्मक दुवै विचारहरु प्रष्फूटित भए । यस्तो विचारलाई उनका प्रतिस्पर्धी मात्र नभई निर्वाचनको सूक्ष्म रूपमा विश्लेषण गर्नेहरूले समेत भेउ पाउन सकेन कि उनले यतिधेरै मत ल्याएर चर्चा पाउलान र दलहरुलाई सोच्न बाध्यकारी हुने गरी बहस सिर्जना गर्लान । एकातिर सत्तारुढ ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंह र अर्कोतर्फ यसअघि नै २ पटक महानगरको मेयर भइसकेका प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केशव स्थापितसँगको प्रतिस्पर्धामा उनको मत कति आउला भनेर विश्लेषण गर्नु नै बेकार ठानिएको थियो ।
३० गतेको मतदान र त्यसपछिको मतगणामा बालेन सबैजसो सञ्चार माध्यमको आँखामा परेका छन् । महानगरपालिकामा जब मतगणना शुरू भयो, त्यसयता बालेन अग्रस्थानमा छन् । यही गति कायम राखे उनले चुनाव जित्नेमा कुनै शंका छैन । उनले प्राप्त गरिरहेको मत देख्दा यसअघि उनलाई नपत्याउने प्रतिस्पर्धीहरू चुप लाग्ने अवस्थामा पुगेका छन् । वडा तहमा कांग्रेस, एमालेकै उम्मेदवारले बढी मत पाउँदा समेत मेयरमा बालेनले नै अग्रता लिइरहेका छन् । जसले गर्दा एमाले कांग्रेसका उम्मेदवारलाई मतगणास्थलमा मुख देखाउने ठाउँसमेत दिएका छन् । बालेन दिनमै एकाध दुई पटक मतगणनास्थल राष्ट्रिय सभागृहमात्र होइन छिमेकी महानगरपालिका ललितपुर र भक्तपुर समेत पुगेका छन् । उनी जहाँ पुग्छन त्यहाँ केही सञ्चार माध्यमहरुले पछ्याउने समेत गरेका छन् । उनी यसरी आफ्नो क्रेज किन बढाइरहेका छन भन्ने प्रश्नको कुनै उत्तर छैन । उत्तर भएपनि त्यो सहज भने र कर्णप्रिय होइन । किनकी राजनीतिक दलहरुले जनतामाथि गरिएको थिचोमिचो र रैथाने कार्यकर्ता वर्षौदेखि संगठनको साँख धानेर बसेका कार्यकर्तालाई गरेको अन्याय विरुद्ध जनता र कार्यकर्ताको शालिन विद्रोह हो भन्न सक्ने अवस्था छ ।
‘यो अवस्था सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षले तयार पारेका हुन् । यी दलहरूले लोकतान्त्रिक संस्कार अनुसार राजनीतिक पद्धति र उम्मेदवार छनोट गर्न सकेको भए एउटा आस्था र समूहमा चल्ने विश्वास गरिने दलहरूले अघि सारेका उम्मेदवारका सामुन्ने संगठन नभएको जो सुकै व्यक्तिको उचाइ एकाएक यति धेरै बढ्ने थिएन’, महानगरपालिकामा संगिठत भएर बसेका एमालेका एक नेताले भने ‘ परिवर्तन खोजेकै कारण काठमाडौंमै यसअघिको स्थानीय तहको निर्वाचनमा साझा र विवेकशील पार्टीका उम्मेदवारले सम्मानजनक र प्रतिस्पर्धी मत पाएका थिए तर, त्यो बेला ती दल एउटा संगठनमा आबद्ध भइसकेकाले अहिलेको भन्दा अवस्था केही सहज थियो । प्रजातान्त्रिक शासन पद्धतिमा जनताले खोजेको परिवर्तन र जनताका मुद्दाको सुनुवाइ राजनीतिक दलहरूले गर्नुपर्छ, यसमा राजनीतिक दलका नेताहरुले स्थानीय कार्यकर्तालाई कम आक्ने काम गरे त्यसको प्रतिफल बालेन र बालेन जस्ता असंगठित समूहहरु यसरी नै आउनेछन् ।’
काठमाडौं महानगरको मेयरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले उठाएका उम्मेदवार लामो समयदेखि राज्य संयन्त्रमा जोडिएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी सिंह त झन् कांगे्रेसका संस्थापकमध्ये एक गणेशमान सिंहकी बुहारी र उनका छोरा तथा कांग्रेस नेता प्रकाशमानकी पत्नी हुन् । त्यस्तै एमालेका स्थापितले टिकट पाउनु पनि पद्धति र प्रणालीभन्दा नेतृत्वलाई खुशी पार्दाको परिणाम हो भन्ने बुझाई रहेको छ । उनीहरु कही न कही शक्ति केन्द्रसँग जोडिएपछि उनीहरुले जित्ने पनि महानगरको हीत भन्दा शक्ति केन्द्रकै हित हुनेमा महानगरबासीको बुझाइमा दुईमत छैन । जसका कारण राजनीतिक दलहरूको यही रवैयाले यसपटक बालेनलाई अघि बढ्ने मौका मिल्यो ।
जीत होस वा हार किन नहोस एमाले र कांग्रेस जस्ता पार्टीलाई बालेनको चुनौतिले सोच्न बाध्य पारेको छ । यद्यपि उनीहरुले यो विषयमा मुख खोलिसकेका छैनन । बालेनको उपस्थितिले शहरमा ठूला दलको बचश्व घट्ने निश्चित प्रायः देखिएको छ । शहरमा ठूला दलले आफ्नो बचश्व रहेको बताउदै आएका थिए । तर काठमाडौदेखि सुदूरपश्चिम र मधेश प्रदेशको प्रादेशिक राजधानी रहेका क्रमशः धनगढी र जनकपुरमा पनि स्वतन्त्र उम्मेदवारले राम्रो मत प्राप्त गरिरहेका छन् । ती स्थानमा पनि स्वतन्त्र उम्मेदवार विजयी हुने सम्भावना उत्तिकै छ । वर्षौंको इतिहास बोकेका राजनीतिक दलका सामुन्ने चुनावअघि मात्र आफूलाई उम्मेदवारको रूपमा चिनाएका व्यक्तिले प्रतिस्पर्धा गर्ने हैसियत बनाउनुले दलहरूको संस्कार, सोच र कार्यशैली परिवर्तन आवश्यक छ भन्नेमा अब कुनै द्विविधा छैन भन्ने तथ्यलाई ध्यानमा नराख्ने हो भने यस्ता धेरै बालेनहरुको जन्म हुने निश्चित मात्रै छैन लोकतान्त्रिक व्यवस्थामाथि समेत प्रश्न चिन्ह उठ्ने छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया