जसपाले जितेका नौ पालिकामै कांग्रेस मुख्य प्रतिस्पर्धी

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)स्थानीय तहको निर्वाचनमा आएको मत परिणाममा अपेक्षाकृत सफलता पाउन सकिरहेको छैन । हालसम्मको मत परिणाममा उसले ९ पालिका जित्न सफल भएको छ । तर सबैभन्दा रोचक पक्ष के छ भने जसपाले जितेको नौ पालिकामै केन्द्रमा गठबन्धन रहेकोे नेपाली कांग्रेसनै उसको प्रमुख प्रतिस्पर्धी देखिएको छ । यस्तै कांग्रेसले जितेका मधेस प्रदेशका अधिकांश पालिकामा प्रमुख प्रतिस्पर्धी जसपा देखिएको छ । कांग्रेसले जितका मध्ये १० पालिकामा जसपा प्रमुख प्रतिस्पर्धीको रुपमा हारेको छ ।
यो परिणामले जसपा र कांग्रेस दुबैलाई झस्काएको छ । एकातिर विराटनगरमा उपमयेर उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव कांग्रेसले भोट नहाल्दा हार्ने अवस्थामा पुगेका छन् । यस्तै जनकपुरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विरुद्ध कांग्रेसका नेता विमलेन्द्र निधिको योजनामा कांग्रेसकै वागी उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साहले अग्रता कायम गरीरहका छन् । गठबन्धनको साझा उम्मेदवार भनिएका जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साह मधेस प्रदेशको राजधानी जनकपुरमा चौथो स्थानमा झर्न पुगेका छन् । यसले उपेन्द्र यादव कांग्रेससँग निकै चिढिएका छन् ।
अर्कोतर्फ डा। बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा जसपासँग माओवादी केन्द्रले गठबन्धन गर्न नचाहेपछि डा। भट्टराई बिच्किएका छन् । उनले आफ्नो गृह पालिका पालुंटारमा एमालेसँग गठबन्धन गर्न पुगेका छन् । माओवादीले नतिजा घोषणा गरिएका गोरखाका आठ पालिका मध्ये एक बाहेक सबै पालिकामा जित हासिल गरेको छ । यसले आगामी संसदको चुनावमा आफुलाई समस्या पर्ने बुझका भट्टराईले अहिलेनै आफ्नो सिट सुरक्षित राख्ने उपयाको खोजीमा लागेका छन् ।
स्थानीय तहको निर्वाचनले जसपा अध्यक्ष यादव कांग्रेससँग तर्सिने र डा.भट्टराई माओवादीसँग तर्सिने अवस्थाको सृजना भएको छ । यो विषय पेचिलो बन्दै गएमा सत्ता गठबन्धमै दरार उत्पन्न गर्नसक्ने र देउवा सरकार समेत धर्मराउन सक्ने आँकलन गरीएको छ । जसपाले जितेका यि पालिकाको नतिजाले पनि यो आशंकालाई थप जोड दिएको छ ।
पर्साको धोवनी गाउँपालिकामा जसपाका मदन प्रसाद चौहान ३ हजार ९१ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका बशीष्टनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मात पाए । जहाँ जम्मा २० मतको अन्तर मात्रै रहेको थियो । पर्साकै कालिका गाउँपालालिकामा जसपाका बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले ३ हजार ६०५ मत पाए् ।
यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाका दिपिन देव यादवले ३ हजार १५७ मत लिएर जिवयी हुँदा उनका प्रमुख प्रतिस्र्धी कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत पाए । यस्तै धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जसपाका जय कुमार यादवले ५ हजार ४१० मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्र्धी कांग्रेसका रामवावु यादव ले २ हजार ४५५ मत पाए ।
सुनसरीको देवानगञ्ज गाउँपालिका बेचन प्रसाद मेहताले ६ हजार ८७४ मत लिएर विजयी हुँदा नेपाली कांग्रेसका श्यामलाल महतोले ६ हजार ३७४ मत सहित उनको प्रमुख प्रतिस्पर्धी रहे । सिरहाको नवराजपुर गाउँपालिकामा जसपाका शिव उद्गार यादवले ४ हजार ५५४ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका विश्वमोहन प्रसाद यादवले २ हजार ५२५ मत पाए । बाराको। करैयामाई गाउँपालिकामा जसपाका शम्भु प्रसाद यादवले ५ हजार ५९८ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका भुनेश्वर धामीले ३ हजार ४०० मत पाए । सर्लाही जिल्लाको बसबरिया गाउँपालिकामा जसपाका राम सिहासन रायले ४ हजार ९४६ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका राम अयोध्या यादवले २हजार ८७१ मत पाए ।
मधेसमा मात्रै हाईन पहाडी जिल्ला ओखलढुंगामा जसपाले जितेको स्थानको समेत मुख्य प्रतिस्पर्धी कांग्रैसकै उम्मेदवार बनेका छन् ।ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा जसपाका गम्बु शेर्पाले २ हजार ८८२ मत पाएर विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्र बहादुर बस्नेतले २ हजार ७५२ मत पाए । यसरी जसपाले जितेका ९ पालिका मध्ये ९ वटैमा कांग्रेस प्रतिस्पर्धी हुनु भनेको दुबै पार्टीको भोट बैंक र मतदाता एउटै रहेको देखाउँछ । जसपा अध्यक्ष उपेन्द्र यादवकै जिल्ला सप्तरीको एक पालिकामा सिके राउतको जनमत पार्टीले जित हासिल गर्नु र अन्य केही पालिकामा समेत अग्र स्थानमा रहनुले यादवलाई समेत थ्रेट उत्पन्न गरेको छ । जसले यादव आसन्न संसदको चुनावलाई समेत दृष्टिगत गर्दै कांग्रेससँगको सहकार्यबारे घोत्लिनुपर्ने अवस्थामा पुगेका छन् ।

















नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संसदमा खुश्बु ओलीको प्रश्न : सरकारले कुन आधारमा विदेशी ऋण स्वीकार गर्यो ?
प्रतिक्रिया