काठमाडौं वडा नम्बर २७ र २८ स्थापितले लिए अग्रता, बालेन शाह तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो विवरणअनुसार स्थापितले २७ र २८ नम्बर वडामा अग्रता लिएका छन्।
२७ वडामा ५०० मत गनिसक्दा उनले १७३ मत पाएका छन्। यहाँ सिर्जना सिंहले १२६ र बालेनले ६७ मत पाएका छन्।
त्यस्तै २८ नम्बर वडामा २५२१ मत गन्दा स्थापितले ६०७ मत पाएका छन्। उनलाई ६०४ मतसहित बालेनले पछ्याएका छन् भने सिर्जनाले ५७० मत पाएकी छन्।
साँझ ९ बजेसम्म ६४ हजार ५ सय ७९ मतगणना भएकोमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।
काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गइरहेको छ। यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए। तर, आजबाट गन्न सुरु भएको २७ नम्बर वडामा भने स्थापितले अग्रता लिएका छन्।
















संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया