प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थलमा छिरेका दुईजना पक्राउ
मेरोन्यूज
२०७९ जेठ ६ गते १३:४४

पोखरा । मतगणनामा उम्मेद्वारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन ।
उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।
पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । अहिलेसम्म गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन् । नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया