मंगलबार, माघ २०, २०८२

दलाई लामा भेटेर नेपाल आएकी अमेरिकी उपमन्त्रीको देउवासँग भेटवार्ता आज

तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक समेत रहेकी उपमन्त्रीको भ्रमणमा चिनियाँ पक्षको गम्भिर चासो

मेरोन्यूज २०७९ जेठ ७ गते ८:०९

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले आज नेपालका प्रधानमन्त्री देखि विशिष्ट ब्यीक्तहरुसँग उच्चस्तरीय भेटवार्ता गदैछिन् ।

तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार दिल्लीमा भेटेर नेपाल आइपुगेकी उनको भ्रमणलाई चिनियाँ पक्षले पनि निक्कै चासोका साथ हेरिरहेको छ ।

उनी भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार दिँउो एयर इन्डियाबाट काठमाडौं उत्रिएकी थिइन् ।

उनले आज प्रधानमन्त्री शेरवहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, गृह मन्त्री बालकृष्ण खाँण र मुख्य-सचिव शंकरदास वैरागीसहितका अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो ।


जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी छन् । उपमन्त्री जियाले शनिबार नेपालमा रहेका तिब्बती शरणार्थी अगुवाहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

काठमाडौंमा जियालाई स्वागत गदैं अमेरिकी राजदुत

तिब्बती शरणार्थीका अगुवालाई नै उनले भेटने गरी कार्यक्रम बनाएको देखेपछि चिनियाँ पक्षले भने गम्भिर चासोका साथ उनको भ्रमणलाई लिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर जियाको भ्रमणबारे चासो जनाएकी थिइन् । जियाले भारतको धर्मशालामा दलाई लामा र तिब्बती अधिकारीहरूसँग गरेको भेटवार्ताप्रति दिल्लीस्थित चिनियाँ राजदूतावासले असन्तोष व्यक्त गरिसकेको छ ।

उनले नेपालका प्रधानमन्त्री देखि अन्य उच्च पदस्थ अधिकारीहरुसँगको भेटवार्ताका बारेमा के चासो राख्छिन् भन्ने बारेमा चिनियाँ पषले गम्भिर चासो राखेको देखिएको छ ।


तर नेपालका अधिकारीहरुले भने नेपाल र अमेरिका सम्बन्धका विभिन्न विषयमा मात्र छलफल हुने बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जियाले नेपालमा आफ्नो पद अनुसार मानव अधिकार, नागरिक सुरक्षा अनि प्रजातन्त्रप्रति द्विपक्षीय रुपमा छलफल गर्ने बताइन् । ‘उहाँ (जिया) को भ्रमणमा दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन्, ‘उहाँको व्यक्तिगत जिन्दगी, व्यक्तिगत भ्रमण र दूतावासले गरेको ९तय गरेको० कति कुरा हुन्छन् । त्यसमा हामी धेरै जानकार हुँदैनौं ।’

प्रतिक्रिया