महोत्तरीमा माओवादीले गुमायो यी पालिकाका प्रमुख पद

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले महोत्तरीमा आफ्नो विरासत गुमाएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यस निर्वाचनबाट आफ्नो साख गुमाएको छ ।
कतिपयले निर्वाचित जनप्रतिनिधिको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नु परेको विश्लेषण गरेका छन् । तर, माओवादी केन्द्रले भने पार्टीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नु परेको बताउँदै आएको छ ।
माओवादी केन्द्र महोत्तरीका इञ्चार्ज राजु खड्का पार्टीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकारे । उनी भन्छन्, ‘हामीले हामीभित्रै मिलाउन सकेनौँ, जसको परिणाम आज भोग्दै छौँ, तर यसबाट केही सिकेका छौँ ।’
यतिबेला माओवादी केन्द्र पराजित हुँदा सबैभन्दा बढी एमाले र नेपाली कांग्रेसलाई लाभ भएको छ । लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धी रहेको छ ।
माओवादीका शीर्ष नेता गिरिराजमणि पोखरेलको वडामै माओवादी पराजित भएको छ । ‘माओवादीले पाल्दै आएको अहमतालाई पनि परास्त गरेका छौँ,’ नेकपा एमालेका स्थानीय नेता दिलीप थापाले भने ।
अहिलेको मत परिणामअनुसार माओवादीले जित्दै आएको रामगोपालपुर, बर्दिबास, सम्सी र गौशालामा माओवादी केन्द्रले गुमाइसकेको छ ।
अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्व जनमोर्चाका नेताहरूले नै निर्वाचनलाई कमजोर बनाएको आरोप प्रत्यारोप चल्न थालेको छ । जनमोर्चा धारका समूहहरू अझै नेता पोखरेललाई स्थापित बनाउन चाहन्छन् । तर, अर्को पक्ष पोखरेललाई अब स्वीकार गर्न नसकिने बताउँदै आएको छ ।
एकातिर माओवादी केन्द्रले बोकेको लामो विरासत र अघिल्लो निर्वाचनमा जितेका पालिकाको साख बचाउन नसक्नुमा पोखरेलको नै हात रहेको पाटीभित्रैबाट शंका हुन थालेको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया