बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस विजयी
काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत बाजुराको आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीन वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।
जिल्लाका नौ पालिकामध्ये नेकपा एमालेले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ । उसले बडीमालिका र बूढीनन्दा नगरपालिकासहित जगन्नाथ, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो ।
कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो । एमालेले तीन गाउँपालिका जितेको थियो ।
हालको निर्वाचनमा कांग्रेसले तीन पालिका जित्दा एमालेले पाँच पालिका जितेसँगै जिल्ला समन्वय समितिमा पनि विजय हुने भएको छ ।
















‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया