७०५ पालिकाको मत गणना सकिँदा कुन दलले कति जिते ?

काठमाडौं । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मत गणना सम्पन्न भएको जानकारी दिएको छ । गत वैशाख ३० गते देशभर ७५३ वटा पालिकामा सम्पन्न निर्वाचनको मत गणना सकिन लागेको हो ।
आयोगका अनुसार ४८ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । हालसम्म मत परिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख र उपप्रमुखमा जित हात पारेको छ । मत गणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी बनेका छन् ।
एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा उपप्रमुतमा जित हात पारेको छ । मत गणना भइरहेका पालिकामध्ये १६ वटाको एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा उपप्रमुखमा विजेता हुँदा मत गणना हुन बाँकी २ पालिकामा अग्रता लिइरहेका छन् ।
जसपाले हालसम्म २७ पालिकाको प्रमुखमा जितेको छ । मत गणना चलिरहेकामध्ये ३ पालिकामा उसले अग्रता लिएका छन् ।
नेकपा एसले १७ पालिकाको प्रमुख तथा उपप्रमुखमा जित हात पारेको छ । मत गणना भइरहेका पालिकामध्ये दुई वटामा उसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
तोकतान्त्रिक समाजवादीले हालसम्म १२ पालिकाको प्रमुख तथा उपप्रमुखमा जित हात पारेको छ भने ५ वटामा अग्रता लिइरहेका छन् ।
आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा उपप्रमुखमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मत गणना भइरहेकामध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।















युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योग मन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया