एक लाख ५ हजार मत गणना हुँदा पोखरामा धनराज अगाडि
मेरोन्यूज
२०७९ जेठ ८ गते १३:५७

पोखरा । पोखरा महानगरमा एक लाख ४ हजार २१२ मत गणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।
४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् ।
मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् ।
सम्बन्धित
















‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया