लमजुङका ७५ वडामा एक जनामात्र दलित वडाध्यक्ष

लमजुङ । लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन् ।
शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाध्यक्ष जिते । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए । राप्रपाका शिवराज पोख्रेलले १० मत प्राप्त गरे ।
वडाध्यक्षमा उठेका ७ जना दलित समुदायका उम्मेदवार भने वडाध्यक्ष पराजित भएका छन् । वडाको खुला सदस्यमा ५ जना निर्वाचित भएका छन् ।
दोर्दी गाउँपालिका ८ मा एमालेबाट पञ्चबहादुर बिक, वडा नम्बर ९ मा एमालेबाटै सुकदेव कामी, मध्यनेपाल नगरपालिका १० मा कांग्रेसबाट बुधमाया बिक, राइनास नगरपालिका ७ मा माओवादी केन्द्रबाट वीरबहादुर सार्की र सुन्दरबजार नगरपालिका ८ मा कांग्रेसबाट शेरसिंह कार्की वडा सदस्यमा निर्वाचित भएका छन् ।
राइनास नगरपालिका ५ बाट वडाध्यक्षमा निर्वाचित ५७ वर्षीय शंखबहादुर सार्की १५ वर्षसम्म खाडी मुलुकमा बसेर ९ वर्षअघि नेपाल फर्केका थिए ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया