अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन् ।
तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायीत्व दिएर मुलुकलाई विकास र समृद्धीको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा गठबन्धन भएको दोहोर्याए ।
उनले व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धीको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।
पौडेलले व्यवस्थालाई स्थायी बनाउने, विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँबासीले होस्टेमा हैंसे थपिदिएको स्पष्ट पारे । उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए ।
उनले स्थानीय चुनावमा व्यास नगरवासीले गरेको मेहनेत र सफलतामा नगरपालिकाको भविश्य जोडिएको भन्दै विजयी नेताहरुलाई जनताको विश्वासलाई कहिल्यै टुट्न नदिई शासक होइन जनताको सेवक बनेर काम गर्न निर्देशन दिए ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया