नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुग्यो, १४ खर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदैशिक व्यापार ३०.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
भन्सार विभागले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात २७.९५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
पछिल्लो दश महिना ९२०७८ साउनदेखि २०७८ वैशाखसम्म०को अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ५९.८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको सुरुवाती दश महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ खर्ब ३० करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा २४.९४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया