नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुग्यो, १४ खर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदैशिक व्यापार ३०.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
भन्सार विभागले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात २७.९५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
पछिल्लो दश महिना ९२०७८ साउनदेखि २०७८ वैशाखसम्म०को अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ५९.८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको सुरुवाती दश महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ खर्ब ३० करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा २४.९४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।













59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया