कप्तानीमा किरणको विकल्प नवयुग

काठमाडौं । नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ । निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई बिदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो ।
राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि खेलाडीको समर्थनमा देखिएका किरणलाई कुनै खबर नगरी राष्ट्रिय टिममा समावेश गरिएको थिएन । नवयुगलाई टिम कप्तान नियुक्त गरिएको एन्फा अध्यक्ष शेर्पाले बताए ।
हाल नियमित टोलीका १० खेलाडी टिम बाहिर छन् ।
नेपाली टिम :
गोलकिपर : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षक : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्ड : आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ ९कप्तान०
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया