काठमाडौंमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र का.म.पा. वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।
आजदेखी सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष श्री सुमनराज अर्यालज्यु तथा टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीज्यूले संयुक्त रुपमा समुद्घाटन गरे भने अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ । ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहज बनाउने बताए ।
उनले नेपाल बैंक नेपालकै पहिलो र विश्वासिलो बैंक भएको चर्चा गर्दै नगरवासीलाई यो बैंकसंग ढुक्कसंग कारोवार गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले ग्रिनल्याण्ड शाखाले यस आसपासका जनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताए । कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वि.स. १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवा दिने क्रममा यस टोखा नगरवासीको सेवाको लागि शाखा स्थापना गरिएको बताए ।
उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाभावको साथ बौद्धिक यूवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै टोखा नगरबासीको विश्वास जित्न नेपाल बैंक सफल हुनेछ भन्ने बिश्वास एवं प्रतिबद्दता व्यक्त गरे । कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, टोखा ६ का वडा अध्यक्ष शान्ता पौडेल खनाल, नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल र प्रकाश कुमार अधिकारी, वडा नं. ६ का वडा सदस्यहरु, व्यवसायीहरु, सेवाग्राहीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेडका नेपाल राज्यभर २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४८ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरि कारोवार गर्ने ग्राहकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया