यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपाली बजारमा

काठमाडौं । यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को एमएडब्लू इन्टरप्राइजेजले आजबाट बिक्री बितरण सुरु गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।
‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।
“महा एक्सचेञ्ज मेला” मा नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराइएको यस अल न्यू एफ जेड एक्स १५०, फ्युल र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५-स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।

यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू(लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रण्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् । साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् ।
आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्य ४,२६,९००/- रहेको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ । ‘रोड टू मोटोजिपी’ यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया