सोमबार, चैत ३०, २०८२

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

मेरोन्यूज २०७९ जेठ १३ गते १४:३४

काठमाडौँ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाले सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपतिबाट सम्वत २०७९ जेठ १० गते मंगलबारका दिन संघीय संसदको दुवै सदनको बैठकमा प्रस्तुत गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९–०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु,’ उनले भने ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी १५ गते दिउँसो ३ बजे बस्ने छ ।

प्रतिक्रिया