संसदको अवरोध हट्यो, उद्योगमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाइयो

काठमाडौँ । शुक्रबार बिहान स्थगितव भएको प्रतिनिधिसभा बैठक दिउँसो खुलेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको अभिव्यक्तिसँगै नेकपा एमालेका सांसदहरूले बैठक स्थगित गर्न माग गरेका थिए ।
मन्त्री बडूले विपक्षी दलका शीर्ष नेता केपी शर्मा अोलीले संसदमा स्तरहीन टिप्पणी गरेको भनेपछि एमालेका सांसदहरूले विरोध जनाएका थिए ।
मन्त्री बडुले बिहीबार संसदमा बोलेका ओलीको टिप्पणीलाई अराजनीतिक र स्तरहीन बताएका थिए । उनले भनेका थिए, ‘पूर्वप्रधानमन्त्रीले यति हल्का र झुटा कुरा गर्नु आपत्ति छ, जनताको हितमा गरिने हरेक सत्कार्यमा कमिशन मात्रै देख्ने दुर्नियत देख्दा दया लाग्छ, साउन महिनामा आँखा गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्थे त्यस्तै भएछ ।’
उनको सम्बोधनसँगै एमालेका सांसद खगराज अधिकारीले आशनबाट उठेर मन्त्री बडूको अभिव्यक्ति फिर्ता गर्न माग गरेका थिए । अन्यथा संसद अवरोध हुने एमाले सांसदहरूको चेतवनीपछि उक्त अभिव्यक्ति अभिलेखबाट हटाइएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइएको जानकारी दिएका हुन् ।

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया