घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता

लमजुङ । मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जनाएका हुन् ।
वडा अध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवं अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्वन्धित बैकसँग समन्वय गरी गाउँमै शिविर आयोजना गर्ने र अशक्त असाह्यहरुका लागि घरमै पुराउने व्यवस्था गर्ने उनले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडा अध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहाना र आवश्यकताबमोजिम राजनैतिक, सामाजिक र आर्थिक उपलव्धीलाई संस्थागन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया