११ जिल्लामा एमालेको एक्लै बन्नेछ जिल्ला समन्वय समिति (डाटासहित)

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनभन्दा यसपटकको निर्वाचनमा खुम्चिएको प्रतिपक्षी दल एमाले एक्लैले ११ जिल्लामा जिल्ला समन्वय समिति (जिसस) बनाउन मिल्ने जित निकालेको छ ।
प्रदेश १ मा ३ जिल्ला, गण्डकीमा ५ जिल्ला, लुम्बिनीमा २ जिल्ला र सुदुरपश्चिममा १ जिल्लामा एमालेले एक्लै जिसस बनाउन मिल्ने जित निकालेको छ । उसले अन्य ६ जिल्लामा भने अन्य कुनै राजनीतिक शक्तिका १ मत मात्रै तान्न सके जिल्ला समन्वय समिति एमालेले बनाउन सक्नेछ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति गठनको बाटो खुलेको हो ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गरेपछि समन्वय समिति गठनका लागि नर्विाचन प्रक्रिया शुरु हुने कानुनी ब्यवस्था छ ।
जिल्ला समन्वयका लागि गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरको मेयर र उपमेयर मतदाता हुने ब्यवस्था छ । त्यही आधारमा अव जिसस गठनको प्रक्रिया अगाडी बढ्दैछ ।
कांग्रेसले एक्लै १५ जिल्लामा जिसस बनाउन सक्ने अवस्थामा एमाले ११ जिल्लामा जिसस बनाउन सक्ने जित निकालेको छ ।
यी हुन् एमालेले एकल जिसस बनाउने जिल्ला

यी जिल्ला कहाँ के के जितेको छ एमालेले ?
गत स्थानीय हतमा पहिलो शक्ति बनेको एमाले यसपटक पार्टी विभाजन, आन्तरिक किचलो, अन्र्तघात देखि सत्ता गठबन्धन दलको चुनावी गठबन्धन लगायतका कारण खुम्चिएको छ । तर पनि उसले ११ जिल्लमा जिल्ला समन्वय समिति बनाउन मिल्ने गरी एकल जित निकालेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला समेत रहेको झापामा उसको एकल वहुमत जिसस बनाउन पुग्ने जित छ ।
ओलीको गृहनगर दमकमा राप्रपा उम्मेदवारसँग चुनाव पराजित भएपनि जिल्लाका कुल ३० मतमध्ये एमाले एक्लैसँग १७ मत छ । झापामा एमालेले ६ नगर प्रमुख, ५ उपप्रमुख, १ अध्यक्ष र ५ उपाध्यक्ष पद जितेको छ । पहिले गत २०७४ सालको स्थानीय तहको चुनावमा अन्य राजनीतिक दललाई क्लिन स्वीप गरेको धनकुटामा कुल १४ मत रहेकोमा एमाले एक्लैको ९ मत छ । प्रमुखमा १, उपप्रमुखमा ३, अध्यक्षमा २ र उपाध्यक्षमा ३ पद एमालेले धनकुटामा जितेको छ ।
कांग्रेस बलियो रहेको भनिएको मोरङमा यसपटक एमाले बलियो देखिएको छ । मोरङमा कुल ३४ मत रहेकोमा एमाले एक्लैको २१ मत छ । त्यहाँ एमालेले ७ प्रमुख, ८ उपप्रमुख, २ अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।
विगतमा कांग्रेस, माओवादी मिल्दा पनि एमाले एक्लैले पोखरा महानगर जितेको एमालेले यसपटक पोखरामा मेयर गुमाएको छ । कास्कीको त्यहाँ जिससको कुल १० मतमध्ये एमाले एक्लैले ६ मत जितेको छ । पोखरा महानगर हारेपनि त्यहाँ जिसस बनाउन पुग्ने मत एमालेसाग छ । कास्कीमा एमालेले १ उपमेयर, २ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ ।
नबलपरासी पूर्वमा एमालेको १६ मत मध्येमा ११ मत एक्लैको छ । त्यहाँ एमालेले ३ प्रमुख, ३ उपप्रमुख, ३ अध्यक्ष र २ उपाध्यक्ष पद जितेको छ । मुस्ताङमा कुल १० मध्ये एमालेसँग ७ मत छ । त्यहाँ उसले ४ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ ।
म्याग्दीमा एमालेसँग ७ मत छ । जिसस बनाउन त्यहाँ ६ मत भए पुग्छ । एमालेले त्यहाँ १ प्रमुख, ३ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको छ । त्यस्तै लमजुङमा कुल १६ मतमा एमाले एक्लैसँग ९ मत छ । लमजुङमा एमालेले १ प्रमुख, ३ उपप्रमुख, ३ अध्यक्ष र २ उपाध्यक्ष पद जितेको छ ।
लुम्बिनी प्रदेशको २ जिल्लामा पनि एमाले एक्लैको जिसस बन्नेछ । अर्घाखाँचीमा कुल १२ मत मध्येमा एमाले एक्लैसँग ८ मत छ । एमालेले १ मेयर, २ उपमेयर, २ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ ।
पाल्पामा कुल २० मत मध्येमा एमालेसँग ११ मत छ । एमालेले ६ अध्यक्ष र ५ उपाध्यक्ष जितेको छ । सुदुरपश्चिम प्रदेशमा बाजुरामा एमालेको एकल बहुमत छ । कुल १६ मत मध्ये एमालेको त्यहाँ ९ मत छ । बाजुराको वुढीगंगामा मतगणना बाँकी नै रहेपनि एमाले बहुमतमा छ । बुढीगंगाको निर्वाचन परिणाम पर्खन पर्ने अवस्था त्यहाँ एमालेलाई छैन । २ प्रमुख, १ उपप्रमुख, ३ अध्यक्ष र ३ उपाध्यक्ष त्यस जिल्लामा एमालेले जितेको छ ।
यी ६ जिल्लामा एक भोट ताने पुग्छ
एमालेले विभिन्न ६ जिल्लामा अन्य राजनीतिक शक्तिका एक मत मात्र तानेपनि आफनो नेतृत्वमा जिल्ला समन्वय समिति बनाउन सक्नेछ । इलाम, चितवन, रसुवा, पर्वत, स्याङजा र सुर्खेतमा एमालेले अन्य शक्तिको १ मत मात्र तानेपनि जिसस बनाउन सक्नेछ ।
इलाममा कुल २० मा एमालेसँग १० मत छ । चितवनमा कुल १४ मतमा एमालेसँग ७ मत छ । रसुवामा १० मतमा ५ मत छ । पर्वतमा १४ मतमा एमालेसँग ७ मत छ । त्यस्तै स्याङजामा २२ मतमा एमालेसँग ११ मत छ । सुर्खेतमा १८ मतमा एमालेसँग ९ मत छ ।
यी जिल्लामा उसले कुनै दलका एक पदाधिकारीलाई मात्रै आफनो पार्टीका उम्मेदवारको पक्षमा तान्न सकेमात्र पनि उसको जिसस बन्नेछ ।
याे पनि पढ्नुहोस्
कुन जिल्लामा कसको बन्दैछ समन्वय समिति ? (तथ्यांक सहित)
४ जिल्लामा माओवादीको बन्नेछ एकल जिल्ला समन्वय समिति (डाटासहित)
कांग्रेसको कति जिल्लामा बन्छ जिल्ला समन्वय समिति ? (डाटासहित)

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।
















प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया