सांसदले ताला चाबी बुझाए सभामुखलाई !

काठमाडौँ । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार एक सांसद ताला र चाबी लिएर पुगे ।
उनी हुन्, नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति सांकेतिक विरोध गर्दै उनले उक्त ताला र ताबी सभामुखलाई बुझाएका हुन् ।
‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ, त्रासमै थिएँ म, अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु, त्यसो भएको हुनाले उहाँहरूले धित मरुञ्जेल गाली गर्नु हुन्छ, फेरि धित मरेपछि अवरोध गर्न खोज्नु हुन्छ,’ त्यस क्रममा उनले भने, ‘ताला लगाउन खोज्नु हुन्छ, त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय, तपाईंहरू धित मरुञ्जेल बोल्नुहोला, त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनु होला ।’
त्यसअघि उनले जुम्लाको तातोपानी ३ मा कांग्रेस कार्यकर्ताले निर्वाचन जितेपछि माओवादी कार्यकर्ता धर्मराज रावललाई ढुंगाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भइ हाल ट्रमा सेन्टरको आइसीयुमा रहेको र मुद्दा पनि पीडकविरुद्ध दर्ता नभएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया