‘केपी ओलीले लिपुलेक, कालापानीसहितको पुस्तक सार्वजनिक गर्न रोक्नु भयो’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा छाप्न नदिएको बताएका छन् । शनिबार बसेको प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममा बोल्दै तत्कालीन प्रधानमन्त्री ओलीले चुच्चे नक्सा छाप्न नदिएको बताएका हुन् ।
तत्कालीन शिक्षा मन्त्रीसमेत रहेका नेता पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन ओलीले रोक लगाए पनि आफूले सार्वजनिक गरेको बताए । उनले ओलीले राष्ट्रियताका कुरा गरे पनि प्रधानमन्त्री हुँदा चुच्चे नक्सासहितको पुस्तक सार्वजनिक रोक्न दबाब दिएको बताएका हुन् ।
‘राष्ट्रिय भावनालाई ध्यान दिँदा नीति तथा कार्यक्रमले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको छ, यसमा खुट्टा नकमाउनुस्, चीनलाई सशंकित गराएर र नेपाललाई अमेरिका कित्तामा लगेर नेपालको राष्ट्रिय हित हुँदैन, प्रमको संयुक्त राज्य अमेरिकाको भ्रमणबारे सचेत हुन जरुरी छ, मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगको अनुदान सम्झौता अघि बढेको कुरा उल्लेख छ, यही संसदबाट पारित भएको १२ बूँदे व्याख्यात्मक घोषणा के भयो ? त्यसको पनि जवाफ अपेक्षित छ,’ उनले भने, ‘प्रतिपक्ष दलको नेता केपी ओलीले प्रजातन्त्र र राष्ट्रियताबारे लामो प्रवचन दिनु भयो, मैले सुनिरहेँ, वास्तवमा दुई पटक संसद विघटन गर्नु भयो उहाँले, त्यो गल्ती कतै उहाँले स्वीकार गर्नु भएन, राष्ट्रियताको कुरा गरिरहँदा शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानीसम्बन्धी पुस्तकलाई उहाँले रोक लगाउनु भयो ।’
नेता पोखरेलले मुलुकलाई दिगो विकाससहित समृद्ध बनाउने र त्यसका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने काम नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे ।


















स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया