युवाले गरे मझुवागढी परिसरको सफाई
मेरोन्यूज
२०७९ जेठ १५ गते ८:१९

खोटाङ । प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी परिसर सरसफाई गरेको छ । सञ्जालमा आबद्ध युवाको समूहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिसर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो ।
दर्शन एवं भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउलगायतका फोहोर संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताए ।
मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ । सञ्जालले मझुवागढीमा लगातार दुईपटक सरसफाई गर्ने योजना अघि सारेको छ ।
सम्बन्धित


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया