रम्भामा एकल पुरुषलाई भक्तादेखि दुर्घटना बीमासम्म
पाल्पा । जिल्लाको रम्भा गाउँपालिकाले निःशुल्क दुर्घटना बीमा र एकल पुरुषलाई भत्ता दिने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार ग्रहण गर्दै पालिकावासीको हितका लागि दुर्घटना बीमादेखि एक पुरुषलाई भक्ता दिने कार्यक्रम अगाडि बढाउने जानकारी दिएका हुन् ।
गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकलाई एक लाखसम्मको दुर्घटना बीमा गर्ने गरिने छ । दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचारबापतको एक लाख वा मृत्यु भएमा घरपरिवार आफन्तलाई एक लाख रकम गाउँपालिकाले प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाले निकालेको तथ्यांकअनुसार रम्भामा २५ हजार ९९० जनसंख्या रहेको छ । उनीहरू सबैको दुर्घटना बीमा हुने छ । यसअघि पनि गाउँपालिकाभित्रका विद्यार्थी, शिक्षक तथा कर्मचारीको दुर्घटना बीमा कार्यक्रम पालिकाले ल्याएको थियो ।
पालिकामा रहेका सबै एकल पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णयसमेत भएको छ । पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । अहिले पालिकामा एकल महिला तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए ।















एमालेका अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया