आइतबार, चैत २९, २०८२

थासाङ गाउँपालिका ३ का वडाध्यक्ष भन्छन् : यतै दुर्घटना भएको कुनै आधार छैन

मेरोन्यूज २०७९ जेठ १५ गते १४:०४

काठमाडौँ । दुई घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका ३ स्थित लेते क्षेत्रमा दुर्घटना भएको आशंका भइरहेको छ । यद्यपि, उक्त वडाका वडाध्यक्ष हरि प्रसाद गौचनले भने दुर्घटना सोही क्षेत्रमा भएको यकिनका साथ भन्न नसकिने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अहिलेसम्म दुर्घटनाबारे केही खुल्न नसकेको वडाध्यक्ष गौचनले मेरोन्यूजलाई जानकारी दिए । ‘यही क्षेत्रमा दुर्घटना भएको भनेर मिडियातिर खबर त आएको छ, तर हामीले अहिलेसम्म केही यकिनका साथ यतै दुर्घटना भएको भन्न सकिदैन ।’ अध्यक्ष गौचनले भने, ‘हामीले सबै मान्छेहरूलाई फोन गरिरहेका छौँ, त्यता दुर्घटनाबारे केही आवाज सुन्यौँ भनेर पनि सोधिरहेका छौं, तर कसैले त्यस्तो पत्तो पाएको बताएका छैनन् ।’

लेते क्षेत्र वरपर नै ठूलो आवाज आएको भन्ने छ ? त्यो केसको आवाज हो ? भन्ने मेरोन्यूजको प्रश्नमा उनले भने, ‘केही समयअगाडि पोखराबाट जोमसोम सुमित एयरको जहाज आएको थियो, सोही जहाज फर्किएको छ, र सोही जहाजको आवज हो कि भन्ने छ, तर तारा एयरकै जहाजको हो भन्न सकिदैन ।’

तारा एयरको पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको नाइन एनएइटी जहाज बिहान १०ः७ बजेसम्म शिख नजिकको आकाशमा रहँदासम्म सम्पर्कमा रहेको देखिन्छ । सम्पर्कविहीन भएको जहाजमा चालक दलका ३ जना सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार छन् ।

यसैबीच, नेपाल नागरिक उड्ययन प्राधिकरणले तारा एयरको जहाज अहिलेसम्म बेपत्तै रहेको उल्लेख गरेको छ । प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छैन ।

प्रतिक्रिया