गुनासो सुन्न काठमाडौं महानगरमा कल सेन्टर स्थापना हुने

काठमाडौं । काठमाडौं महानगरमा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।
मेयर बालेन शाहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो ।
त्यस्तै, बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरूको शौचालयलाई सार्वजनिक शौचालयमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर शाहले बैठकमा प्रस्ताव गरेका थिए ।
सार्वजनिक शौचालय पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डसमेत राख्ने जनाइएको छ ।

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया