सोमबार, चैत ३०, २०८२

आईजीपी विवादको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन

मेरोन्यूज २०७९ जेठ १७ गते १२:५०

काठमाडौं । महाहरी महानिरीक्षक (आइजीपी) बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज पनि हुन सकेन। सर्वोच्चले एआईजी विश्वराज पोखरेलको रिट र तीन जना डीआईजीको रिट सँगै राखेर हेर्ने गरी पेसी तोकिएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो। आजबाट अन्तिम सुनुवाइ सुरु हुने गरी गोलाप्रथाबाट पेसी न्यायाधीशद्वयको इजलासमा परेको थियो।

गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरज प्रताप सिंहलाई नियुक्ति गर्ने निर्णय गर्यो । नियुक्ति लिएको केही समयपछि नै सिंहको नियुक्ति प्रहरी नियमावली विपरीत रहेको भन्दै आईजीपीका प्रत्यासी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल वैशाख १९ गतेका दिन सर्वोच्चमा रिट दिए । पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। यसअघि सिंहलाई एआईजीमा बढुवा गर्दाको रिट पनि सँगै राखिएको छ।

त्यतिबेला तीन डीआईजीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै रिट दायर गरेका थिए। एआईजीमा बढुवा हुनु पर्ने माग गर्ने तीनै जना डीआईजी अवकाश भइसकेका छन्। डीआईजीहरु ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीले डीआईजी बढुवाविरुद्ध रिट दायर गरेका थिए।

यसअघि गत २२ वैशाखमा न्यायाधीश सुष्मातला माथेमाको एकल इजलासले मुद्दाको अन्तिम सुनुवाइ १७ गते गर्ने आदेश दिएको थियो। माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो।

थप

आईजीपी नियुक्तिको विवादमा भोलि सुनवाइ हुँदै, सर्वोच्चले कस्तो देला आदेश ?

एआईजी नियुक्ति विवादकाे रिट श्रेष्ठ र चुडालको इजलासमा

प्रतिक्रिया