जहाज दुर्घटनासँगै प्राधिकरणको निर्देशन : मौसम सफा नहुँदा जहाज उडानमा कडाइ

काठमाडौँ । गत आइतबार तारा एयरको जहाज सम्पर्कविहीन भई दुर्घटना भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गर्ने भएको छ । प्राधिकरणले प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नहुँदासम्म जहाज उडान अनुमति नदिन कडाइ गरेको हो ।
आइतबार बिहान पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा दुर्घटना भएको थियो । घटनामा चालक दलका तीन जनासहित १९ यात्रुको मृत्यु भएको थियो ।
दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले आगामी दिनको उडानका लागि कडाइ गर्ने भएको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नु पर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।
प्रधाधिकरणको यस्तो निर्णयसँगै अब जहाज उड्ने रुटको मौसमसमेत सफा भए–नभएको निश्चित हुनु पर्ने छ । प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ ? भन्ने विवरण जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिने छ ।
यस्तै, प्राधिकरणले हरेक वर्ष मनसुन सर्कुलर गर्दै आएको छ । यो वर्ष एक हप्ताअघि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुनेबारे जानकारी गराएको थियो ।
तारा एयरको जहाज दुर्घटनाबारे अनुसन्धान गर्न पाँच सदस्यीय जाँच आयोग गठन भएको छ । सोही आयोग दुर्घटनाबारे अनुसन्धान गर्ने भएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया