जहाज दुर्घटनासँगै प्राधिकरणको निर्देशन : मौसम सफा नहुँदा जहाज उडानमा कडाइ

काठमाडौँ । गत आइतबार तारा एयरको जहाज सम्पर्कविहीन भई दुर्घटना भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गर्ने भएको छ । प्राधिकरणले प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नहुँदासम्म जहाज उडान अनुमति नदिन कडाइ गरेको हो ।
आइतबार बिहान पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा दुर्घटना भएको थियो । घटनामा चालक दलका तीन जनासहित १९ यात्रुको मृत्यु भएको थियो ।
दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले आगामी दिनको उडानका लागि कडाइ गर्ने भएको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नु पर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।
प्रधाधिकरणको यस्तो निर्णयसँगै अब जहाज उड्ने रुटको मौसमसमेत सफा भए–नभएको निश्चित हुनु पर्ने छ । प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ ? भन्ने विवरण जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिने छ ।
यस्तै, प्राधिकरणले हरेक वर्ष मनसुन सर्कुलर गर्दै आएको छ । यो वर्ष एक हप्ताअघि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुनेबारे जानकारी गराएको थियो ।
तारा एयरको जहाज दुर्घटनाबारे अनुसन्धान गर्न पाँच सदस्यीय जाँच आयोग गठन भएको छ । सोही आयोग दुर्घटनाबारे अनुसन्धान गर्ने भएको छ ।


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया