बिहीबार, वैशाख १०, २०८३

यु १९ महिला क्रिकेट टिमको बिदाइ

मेरोन्यूज २०७९ जेठ १७ गते १९:२४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु १९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो ।

Advertisement
NiccNicc

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दै छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले खेलाडीलाई बिदाइ गरे ।

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन् ।

नेपाली टिमः

कृतिका मरासिनी (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टीका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिष्का मरासिनी र मनिषा चौधरी ।

प्रतिक्रिया