बुधबार, माघ २१, २०८२

अहिलेको बजेट मोटाएको हैन, सुनिएको छ : सांसद त्रिपाठी

मेरोन्यूज २०७९ जेठ १८ गते १३:३८

काठमाडौं । नेकपा एमालेका सांसद हृदयेश त्रिपाठीले अहिलेको बजेट मोटाएको भन्दा सुनिएको (बिरामी) बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै त्रिपाठीले किसानलाई योगदानका आधारमा पेन्सन दिने भनिएको छ,कुन तरिकाले र केका आधारमा दिने हो ? प्रश्न गरे ।
अझै पनि ८२ प्रतिशत कृषिमाथि र १८ प्रतिशत मात्र किसान माथि लगानी हुने गरेको उनले बताए ।

उनलेभने, ‘म दावाका साथ भन्न सक्छु, ८२ प्रतिशत कृषि मन्त्रालयको गाडी विभिन्न खरिदमै जान्छ तर १८ प्रतिशत मात्र किसानमा लगाएको छ ।’ आगामी आउँने आर्थिक संकट र दुर्घटना भोग्न तयारी अवस्थामा बस्नुपर्ने उनले बताए ।

राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी  रहेको र यसलाई घटाउँदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए । 

प्रतिक्रिया