हामी संसदमा छौं तर संसदवादी होइनौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रस्पिर्धालाई स्वीकार गर्ने बताएका छन् । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि संसदवादलाई स्वीकार नगरेको उनले बताए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन यो ‘स्टेप’बाट जानुपर्ने भएकाले यतातिर लागेको उनको भनाइ छ । यो प्रक्रियालाई सदुपयोग गरेर अघि बढ्नमा मात्रै खोजेको हो । तर, यसबीचमा हामीमा देखिएको कार्यशैली र आचरण हाम्रो उदेश्यसँग मिलेको छैन । उनले भने, ‘यही विन्दुबाट हामी सुध्रिनु पर्छ ।’
उनले पछिल्लो पाँच वर्षमा पार्टीको भूमिका असाध्यै कमजोर भएको पनि बताए । पार्टीको राजनीतिक वैचारिक उदेश्य के हो ? हाम्रो पार्टीको पहिचान के हो भनेर जनप्रतिनिधिलाई बुझाउन अभिमुखिकरण आयोजना गरेको बताए । कार्यक्रममा उनले पार्टीमा क्रमशः पहिचानको संकट समेत आएको समेत बताए । उनले भने, ‘हाम्रो दस्तावेजमा हामी क्रान्तिकारी हाँै भनेर त छ तर व्यवहारमा अरु पार्टी र हामीबीच पहिचान नै मेटिने अवस्था छ । कतिपय अवस्थमा माओवादी पार्टी अझै खराब छन्की भनेर जनतालाई परेको छ । तर, त्यस्तो होइनौँ । हामी विचारका हिसाबले उन्नत विचारको पक्षपोषण गर्छाैं । वैज्ञानिक समाजवाद र समाजवादी क्रान्तिका कुरा गरेका छौँ ।’
उनले नेकपमा माओवादी केन्द्रले उन्नत र सुसँस्कृत मानिसहरु उत्पदान गर्ने कुरामा जोड दिने गरेको बताए । पार्टी उत्पादन, उत्पादकत्व, श्रम र साँस्कृतिक रुपान्तरणको एकीकृत अभियान चलाएर समाजवादका भ्रुणहरू गाउँगाउँबाट, टोलटोलमा बनाउनुपर्छ भनेर लागेका बताए । उनले भने, ‘तर, जनताले हामीलाई युद्धकालमा जसरी लिन छाडेका छन् । पहिला हामी जनतासँगै थियौँ उनीहरूले गर्वका साथ हाम्रो रक्षक भनेर पत्याउथेँ । अहिले हामी जनयुद्धमा पनि छैनौं, शन्तिपूर्ण बाटोबाट समाजवाद ल्याउने बाटोमा छौं । अब जनताले हामीलाई चिन्ने भनेको जनप्रतिनिधिको कामले मात्रै हो । जनताले तपाईहरूलाई नै माओवादीका रुपमा हेर्ने गर्छन् । अरु ठूला नेतालाई पनि जनताले हेर्दैनन् । आफ्नो आचरण व्यवहारबाट जनतालाई खुसी पार्नुहोस् ।’
कार्यक्रममा माओवादीबाट देशभरमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सहभागीता थियो । माओवादी केन्द्रले देशभरबाट एक सय २० प्रमुख र एक सय २६ उप्रमुखमा जितेको छ ।


















सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया