पोखरामा एमाले उम्मेदवार हराउन लाग्ने तीन नेतामाथी एमालेको कारबाही

पोखरा । पोखरा महानगरपालिकामा एमाले बलियो हुँदाहुँदै पनि पार्टीभित्रकै घात /अन्तरघातका कारण एमालेका मेयरका उम्मेदवार कृष्ण थापा पराजित हुनुपरेको भन्दै एमालेले आफ्नै पार्टीका तीन स्थानीय नेतामाथी कारवाहीको डन्डा चलाएको छ । पार्टी उम्मेदवार हराउन र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन भूमिका खेलेको भन्दै एमालेले अन्र्तघाती पहिचान गरेर कारवाही गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।
त्यही क्रममा शुरुआती चरणमा तीन जनामाथी कारवाही गरिएको एमाले पोखरा नगरकमिटिले जनाएको छ ।
कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।
उनले आफूलाई राजीव पहारीको स्वकीय सचिवसमेत बताउने गरेकोमा पहारीले भने उनी स्वकीय सचिव नरहेको बताएका छन् । मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ ।

त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
एमालेले पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ । पोखरा महानरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ ।
उनीहरुलाई विधानको धारा ८० को अनुशासन उल्लंघन गरेको अभियोगमा धारा ८१ अनुसार कारवाही गरिएको विज्ञेप्तिमा जनाइएको छ ।
हेर्नुहोस वक्तब्य


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया