फुटबलमा दुई महादेशीय शक्तिको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यता, वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो ।
यो खेलका लागि सन् २०२० को १२ फेब्रुअरीमा यूइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १९९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालिन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो ।
यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा भने इटाली स्थान बनाउन असफल हुँदा अर्जेन्टिनाले भने समूह चरणका केही खेल बाँकी रहँदै स्थान बनाएको थियो ।









आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया