फुटबलमा दुई महादेशीय शक्तिको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यता, वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो ।
यो खेलका लागि सन् २०२० को १२ फेब्रुअरीमा यूइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १९९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालिन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो ।
यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा भने इटाली स्थान बनाउन असफल हुँदा अर्जेन्टिनाले भने समूह चरणका केही खेल बाँकी रहँदै स्थान बनाएको थियो ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया