एमालेलाई अर्थमन्त्रीको जवाफ-चुलो बाँड्न सँगै जाउँला

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको दाबी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनावलाई लक्षित गरेर नल्याएको दोहोर्याए । ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ, तर यहाँ कतै पैसा बाँड्ने कार्यक्रम छैन । अनुदान भन्ने कतै पनि छैन,’ उनले अघि भने, ‘अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला, तर यसमा बिल्कुल अनुदान छैन, प्रोत्साहन छ ।’
इन्डक्सन चुलोलाई भोट साट्न खोजेको आरोपको पनि उनले खण्डन गरे । प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने भन्दै उनले भने, ‘इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन । प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाउँला, चिन्ता गर्नुपर्दैन ।’
अर्थमन्त्री शर्माले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।


















सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया