एमालेलाई अर्थमन्त्रीको जवाफ-चुलो बाँड्न सँगै जाउँला

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको दाबी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनावलाई लक्षित गरेर नल्याएको दोहोर्याए । ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ, तर यहाँ कतै पैसा बाँड्ने कार्यक्रम छैन । अनुदान भन्ने कतै पनि छैन,’ उनले अघि भने, ‘अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला, तर यसमा बिल्कुल अनुदान छैन, प्रोत्साहन छ ।’
इन्डक्सन चुलोलाई भोट साट्न खोजेको आरोपको पनि उनले खण्डन गरे । प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने भन्दै उनले भने, ‘इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन । प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाउँला, चिन्ता गर्नुपर्दैन ।’
अर्थमन्त्री शर्माले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।













भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया