स्थानीय तहमा पार्टी कमजोर भएको केपी ओलीद्वारा स्वीकार
मेरोन्यूज
२०७९ जेठ १९ गते १८:५०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर भएको स्वीकारेका छन् । उनले अनुशासनहिन कारण पार्टी कमजोर भएको बताएका छन् ।
बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताए ।
आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानु पर्ने उनको भनाइ थियो । ओलीले प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुनसमेत निर्देशन दिएका छन् ।
संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित २२ जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षको सहभागिता रहेको थियो ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया