बिहीबार, पुष २४, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

मेरोन्यूज २०७९ जेठ १९ गते २०:२६

काठमाडौँ । नेपाल आयल निगमले आज रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएसँगै मूल्य समायोजन भएको हो ।

बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला इन्धनमा पूर्वाधार करसमेत जोडेर लिन सुरु भएको थियो ।

प्रतिक्रिया