लोकसेवा र लाइसेन्सको जाँच दिने दुई नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । हेटौंडाबाट लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षा र मोटरसाइकल चालक सवारी पत्रको नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका २ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो । बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकतासमेत बरामद गरेको छ ।
त्यसैगरी, यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा बुवाको परीक्षा दिइरहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ७ का टुकनाथ गौतमको स्थानमा परीक्षा दिइरहेका उनकै २० वर्षीय छोरा सन्तोषलाई प्रहरीले पक्रेको हो ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया