काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्री भेट्न पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकिरहेको बेला काठमाडौं महानगरका नगरप्रमुख वालेन्द्र साहले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटवार्ता गरेका छन् । बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा नगरप्रमुख साहले मन्त्री झाँक्रीसँग भेटवार्ता गरेका हुन् ।
बिहीबार मन्त्रालयमा मन्त्री भेट्न पुगेका नगरप्रमुख साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नु पर्ने बताइन् ।
काठमाडौं महानगर नवनिर्वाचित नगर प्रमुख साह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताइन् ।
तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरडाडाँमा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी रहेको बताउँदै उनले महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार रहेको बताइन् ।
नगरप्रमुख साहले बन्चरेडाडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नु पर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न आग्रह गरे ।
उक्त भेटवार्तामा बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रविन्द्र बोहराले बन्चरेडाडाँमा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिए । उनले बन्चरेडाडाँको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेकोमा जोड दिए ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले बन्चरेडाँडामा सेल वानको निर्माण सम्पन्न गरेर काठमाडौं महानगरलाई हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुगेको छ ।

















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया